नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दल केन्द्रीय समिति विस्तार भएको तीन महिनापछि शपथ हुने भएको छ।
सभापति शेरबहादुर देउवाले गत असार १३ गते विद्वान गुरूङ नेतृत्वको तरूण दलमा चार सय जना सदस्य मनोनीत गरेका थिए।
तरूण दल केन्द्रीय सदस्य अशोक झाले दिएको जानकारीअनुसार आइतबार शपथको कार्यक्रम राखिएको छ। असोज २१ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शपथ हुनेछ।
सभापति देउवाको उपस्थितिमा तरूण दल केन्द्रीय सदस्यहरूलाई शपथ खुवाउन लागिएको हो।
तरूण दलमा लामो समयदेखि अधिवेशन हुन सकेको छैन। नियमित अधिवेशन नभएकोले सभापति देउवाले तदर्थ समिति गठन गर्दै आएका छन्।