जनमत पार्टीले रौतहट, बाँके र महोत्तरीमा नयाँँ इन्चार्ज तोकेको छ।
रौतहटमा शेख जमसेदले इन्चार्जको जिम्मेवारी पाएका छन्। महोत्तरीमा वीरेन्द्रकुमार मण्डल र बाँकेमा विष्णुप्रसाद यादवलाई जिम्मेवारी दिइएको पार्टी अध्यक्ष सिके राउतले बताएका छन्।
पार्टीको कामकारबाही अगाडि बढाउन र संगठन विस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको अध्यक्ष राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
