नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।
शुक्रबार अपराह्न ३ बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।
कोशीमा विकसित राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुनेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज अपराह्न ३ बजे धुम्बाराहीका कार्यसम्पादन समिति बैठक बस्ने तय भएको छ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ। केन्द्रीय समिति बैठक तत्काल बस्न नसक्ने अवस्थामा कांग्रेसले कार्यसम्पादन समिति बैठक बसेर आवश्यक निर्णय लिने गर्छ।