नेपाली कांग्रेसका तीन जना पूर्वमहामन्त्री एकै मञ्चमा देखिएका छन्।
पूर्वमहामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एकसाथ देखिएका हुन्।
उनीहरूसँगै कार्यक्रममा केन्द्रीय सदस्य आरजु राणा देउवा पनि सहभागी छन्।
'राजनीतिक उपलब्धि र आजको चुनौती' विषयक विचार गोष्ठीमा उनीहरू सहभागी भएका हुन्। काठमाडौं क्षेत्र नम्बर ६ र कांग्रेस बागमती महामन्त्री राजु श्रेष्ठले गोष्ठी आयोजना गरेका हुन्।
कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री सिटौलाले कम्युनिष्टहरूले देश हाँक्न नसक्ने बताएका थिए। ‘कांग्रेसले समग्र मुलुकको नेतृत्व लिन नीति पुनरावलोकन गर्दै जानुपर्छ,’ उनले भने, ‘आफैँभित्र सुधार र एकताबद्ध भएर हिँड्यौं भने कांग्रेसजस्तो भरपर्दो अर्को पार्टी छैन।’
उनले संविधान कार्यान्वयनलगायत समग्र विषयमा पुनरावलोकन आवश्यक रहेको उनले बताए। ‘गठबन्धन, पार्टी र सरकारलाई सही बाटोमा हिँडाउन गम्भीर भई सच्याउँदै जानुपर्छ,’ उनले भने।