नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
शुक्रबार अपराह्न बालुवाटार पुगेर देउवासहित कांग्रेस नेताहरूले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका हुन्। उनीहरूबीच कोशी प्रदेशमा विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रहेर छलफल भएको थियो।
कोशीमा सत्ता गठबन्धनबाट माओवादीका इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् भने नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
कोशीमा कसरी मुख्यमन्त्रीमा एकमत गर्ने भन्ने विषयमा उनीहरूबीच कुराकानी भएको थियो। प्रधानमन्त्री दाहालले नेता शेखर कोइरालालाई मनाउन र कांग्रेस एकमत भए माओवादी पछि हट्न सक्ने बताएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
प्रधानमन्त्रीसँग कुराकानी गरेपछि देउवा निवास धुम्बाराही पुगेका छन्। धुम्बाराहीमा कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाइएको छ।
यो पनि: कोशी घटनाले तरङ्गित कांग्रेस