कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले सांसदहरूको सनाखत गर्न समय लाग्ने भन्दै कांग्रेस र एमालेसँग आग्रह गरेका छन्।
मुख्यमन्त्री हिक्मत कार्की र मुख्यमन्त्री दाबी गरेका केदार कार्कीसँगको छलफलमा खापुङले यस्तो प्रस्ताव गरेका हुन्। तर, आफूहरूले आजै सनाखत गर्न माग गरेको कार्कीद्वयले बताएका छन्।
‘हामी सबै उपस्थित छौं, सनाखत आजै गरौं भनेर हामीले भन्यौं’, मुख्यमन्त्री हिक्मत कार्कीले भने, ‘उहाँले प्रक्रिया पुर्याएर बोलाउने भन्नुभाछ।’
तर, प्रदेश प्रमुखकोमा उपस्थित सांसदहरूले आजै सनाखत हुनुपर्ने माग गरेका छन्।
खासगरी कांग्रेसमा विद्रोह गरेका सांसदलाई पार्टीले 'ब्याक' गराउने प्रयास गरिरहेका बेला उनीहरूले आजै सनाखत गर्न माग गरेका हुन्।