नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले स्वेच्छाचारी ढंगले हवाई टिकटको मूल्य तोकिएकोले सरकारले अनुगमन गरी नियन्त्रण गर्नुपर्ने बताएको छ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पालगायतले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई बुझाएको ज्ञापन पत्रमा हवाईसहित सबै प्रकारका यातायातको भाडामा भएको वृद्धिप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
उनीहरूले विद्यार्थीका लागि हवाई भाडामा सहुलियत हुनुपर्ने मागसमेत राखेका छन्।
यस्तो छ ज्ञापन पत्र:
