कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने बताएका छन्।
आइतबार मुख्यमन्त्रीको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले कोशीमा सहमतिको सरकार बन्ने दाबी गरेका हुन्।
‘कोशीमा मध्यावधिको सम्भावना टरेको छ। प्रदेश सभा विघटन नहुने भएको छ,’ उनले भने,‘अब सहमतिको सरकार बन्छ।’
मुख्यमन्त्री कार्कीले आइतबार नेपाली कांग्रेस र नेकपा एमालेबाट एक-एक जना मन्त्री नियुक्त गरेका छन्।
आफूलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका कांग्रेस सांसद शमशेर राई र नेकपा एमालेका सांसद रामबहादुर राना मगरलाई कार्कीले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।
कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशमा देखिएको संकट पनि हल भएको प्रतिक्रिया दिएका छन्।
कांग्रेसका ८ जना र एमालेका ३९ जनाको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए।
यो पनि: प्रचण्ड, देउवा र शेखरबीच गठबन्धन बलियो बनाउने बालुवाटारमा सहमति, कोशीमा 'उल्लङ्घन'