जनता समाजवादी पार्टीकी कोशी प्रदेश सभा सांसद निर्मला लिम्बूले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएकी छन्।
उनले स्थायी सरकारले मात्र कोशीको समस्या समाधान गर्ने बताइन्।
‘कार्की नेतृत्वको सरकारले प्रदेश नामाकरणको समस्या हल गर्छ भन्ने विश्वास छ,’ उनले प्रदेश सभा बैठकमा भनिन्, ‘हामी दलका तर्फबाट विश्वासको मत दिन्छौं।’
विगतमा नेकपा (एमाले) नेतृत्वको सरकारले आफ्नो दलको कुरा नसुनेको पनि उनले बताइन्। ‘पहिचान नामेट पारेर संघीयताको मर्ममा प्रहार गरी नामाकरण गरियो,’ उनले भनिन्।
मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका छन्। ९३ सदस्यीय कोशी प्रदेश सभामा जसपाको एक जना मात्रै सांसद छ।