नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने भएको छ।
दसैं, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा कांग्रेसले चियापान गर्न लागेको हो।
कात्तिक ११ गते शनिबार सानेपामा चियापान गर्ने कार्यक्रम भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
कात्तिक ११ गते दिउँसो २ बजेदेखि अपराह्न ५ बजेसम्म चियापान चल्नेछ।
कांग्रेसले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू लगायतलाई चियापानमा बोलाउने गरेको छ।
कोरोनाका कारण विगतका वर्षहरूमा कांग्रेसको चियापान रोकिएको थियो।