राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दल नेता भक्तिप्रसाद सिटौलाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने बताएका छन्।
बुधबार प्रदेश सभामा बोल्दै उनले यो सरकार सुरक्षित नरहेको पनि बताए।
‘सबै दलले मत दिने भएपछि हामी रिक्त प्रतिपक्षको ठाउँमा बस्छौं,’ उनले भने, ‘राप्रपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ।’ उनले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेश गरेकोले विपक्षमा मतदान गर्ने बताए।
‘हामी तरवारको धारमा छौं। होसियारका साथ सरकार चलाउनुहुनेछ भन्ने आशा छ,’ उनले भने, ‘प्रदेशको स्थिरता अहिलेको चासोको विषय हो।’
कोशीमा राप्रपाका ६ जना सांसद छन्।