नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्री गैरआवासीय नेपाली संघ आबद्ध केही उठाएका प्रश्नलाई लिएर आक्रोशित भएकी छन्।
एनआरएनएका प्रतिनिधिहरूले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा विदेश गएका नेपालीले यहाँ रहेका नेपाली सरह अधिकार नपाएको बताएका थिए।
विदेशमा रहेका नेपालीलाई सपत्ति जोड्न नपाउने, यहाँ रहेका नेपाली सरह सुविधा उपलब्ध गर्न नपाउने गरी संसदबाटै कानून बनेकोमा उनीहरूको असन्तुष्टि थियो।
बेलायत बस्दै आएका एक गैरआवासीय नेपालीले आफू अहिले पनि नेपाली नागरिक नै भएको बताए। पढ्न मात्रै विदेश गएको उनले बताए।
‘म नेपाली नागरिक नै हो, पढ्न विदेश गएको हो। बेलायतमा जग्गा पनि किनेको छु, मैले सम्पत्ति किनेबापत सरकारलाई कर तिर्छु,’ उनले भने, ‘हामीले नेपालमा सम्पत्ति राख्दा यो सरकार र राष्ट्रलाई के नोक्सान पर्छ? सम्पत्ति राख्न नपाउने कानुन किन बनाएको?’
अर्का एक गैरआवासीय नेपालीले राजनीतिक अधिकार नदिइएकोमा आपत्ति जनाएका थिए। ‘नागरिकता पाएर पनि राजनीतिक अधिकार नदिने? मानव अधिकार हनन् भयो कि भएन?,’ उनीहरूको प्रश्न थियो।
बेल्जियम बस्ने एक गैरआवासीय नेपालीले जुन देशमा राहदानी लिएको छ त्यो देशले पनि नेपाली भन्ने गरेको विषय उल्लेख गरेका थिए। ‘जुन देशमा हामीले राहदानी लिएका छौं त्यो देशले पनि हामीलाई नेपाली भन्छ तर नेपालले नै हामीलाई विदेशी भन्छ,’ उनको असन्तुष्टि छ।
भिडिओ: