अन्तर्राष्ट्रिय सम्बन्ध एवं परराष्ट्र मामिलाका जानकार रूपक सापकोटा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई सल्लाहकार नियुक्त गरेको हो। सापकोटाले प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारका रूपमा पत्र बुझिसकेको जानकारी दिए।
अहिले उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका छन्।
यसअघि सापकोटाले नेपाल सरकारको महत्वपूर्ण थिकंटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
सापकोटाले सन् २०१८ मा चीनको रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधी गरेका थिए।
सापकोटा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाका छोरा हुन्।