नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतीको सीमाङ्कन गर्ने र विदेशमा सम्पती राख्न नपाउने व्यवस्था गर्न जरूरी रहेको बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा उनले नेपालीहरूको विदेशमा सम्पत्ती रहेको बताउँदै सम्पत्तीको सीमाङ्कन गर्न आवश्यक रहेको बताए।
उनले नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने बताए।
सुवालले देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौति गर्नुपर्ने माग गर्नुभयो।
‘नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्छ। देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्छ। सरकारी बिदा धेरै भएको जनगुनासो छ, यसलाई एक चौथाई बिदा कटौति गर्नुपर्छ,’ उनले भने। -न्युज एजेन्सी नेपालबाट