नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
आइतबार अपराह्न नयाँ बानेश्वरमा भएको भेटवार्तामा सभापति देउवासँगै नेता शेखर कोइराला पनि सहभागी रहेका थिए।

भेटमा उनीहरूले नेपालको शान्ति प्रक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलगायत विभिन्न विषयमा कुराकानी गरेका छन्।
भेटवार्तामा कांग्रेसका उपसभापतिसमेत रहेका कानुन मन्त्री धनराज गुरूङ र परराष्ट्र मन्त्री एनपी साउद पनि सहभागी थिए।

आइतबार नै महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्र मन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका थिए।
