काठमाडौंको टोखा चण्डेश्वरी अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण गरिएको छ।
काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेल र बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार आयोजित एक कार्यक्रमबीच अस्पताललाई प्रयोगशाला उपकरण हस्तान्तरण गरेका हुन्।
टोखा क्षेत्रमा पछिल्लो समय क्यान्सरका बिरामी देखिएका थिए।
सांसद पौडेलले टोखा क्षेत्रका स्थानीय बासिन्दालाई सुविधा सम्पन्न क्यान्सर स्कृनिङ ल्याब स्थापना गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त प्रतिबद्धताअनुसार क्यान्सर जाँच मेसिन माग गरिएको पौडेल बताउँछन्। पौडेलको पहलमा लायन्स क्लबले अस्पताललाई प्रयोगशाला उपकरण उपलब्ध गराएको हो।
‘बिरामीले उपचारको लागि अन्यत्र अस्पताल सकेसम्म जान नपर्ने गरी सेवा सुविधा दिन आफू दिनरात लागिरहेको र यस अस्पतालमा ती सेवा सुविधा चाँडै नै उपलब्ध गराउने’ पौडेलले बताए।
कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्री जोशीले सांसद पौडेलकै जोडबलका कारण टोखा अस्पतालमा प्रयोगशाला उपकरण भित्रिएको बताए।
‘पैसा नभएकै कारण आम जनताले कुनै रोगको उपचार गर्न नपाउने परिपाटीको अन्त्य हुनुपर्छ,’ उनले भने।