जंगली हात्तीको आक्रमणबाट मारिएका इटहरी उपमहानगरपालिका-२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ।
वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउनेका परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने गरेको छ।
तर, लामो र झन्झटिलो प्रक्रियाका कारण पीडित परिवारले समयमै राहत रकम पाउदैनन्। स्थानीय सरकारले भने तत्काल रकम उपलब्ध गराउने मेयर हेमकर्ण पौडेलले जानकारी दिए।
बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई भेटन विहीबार घरैमा पुगेका मेयर पौडेलले सो रकम दिने घोषणा गरेका हुन्।
(यसअघि तस्बिर अन्यथा पर्न गएकाले सच्याइएको- सम्पादक)