अभियन्ता ई:सहित प्रदर्शनकारीहरू लुम्बिनीबाट पैदल हिँडेर काठमाडौं आइपुगेका छन्।
सोमबार दिउँसो अभियन्ता ई: र सडक व्यवसायीहरू पैदल यात्रा गरी काठमाडौंको भद्रकाली आइपुगेका हुन्।
अभियन्ताहरूले विशेषगरी तीन बुँदे माग राखेर लुम्बिनी-सिंहदरबार यात्रा गरेका हुन्।
उनीहरूले देशभरका पालिकालाई सडक व्यवसाय र अनौपचारिक क्षेत्रबारे व्यवस्थापकीय नीति तयार गर्न माग गरेका छन्।
बिनाअध्ययन र विकल्प गरिबलाई विस्थापन नगर्न, कानुन र संविधानको मर्मपरिधिभित्र बस्न पालिकाहरूलाई निर्देशन दिन पनि सरकारसँग माग गरेको छ।
सहरी गरिबको संरक्षण गर्न आवश्यक तथा सडक व्यवसाय र अनौपचारिक क्षेत्रको व्यवस्थापनसम्बन्धी संघीय ऐनको सिर्जना तथा भएका कानुनको सबलीकरण गर्नुपर्ने माग गरेको हो।
पालिकाहरूलाई सहरी गरिबी सम्बोधन गर्न सहयोग गर्ने सडक व्यवसाय व्यवस्थापन, बृहत्तर अनौपचारिक क्षेत्र र साना उद्यम प्रवर्द्धन गर्ने तहगत सहकार्य कार्यक्रमलाई प्राथमिकता दिन पनि माग राखेको हो।
अभियन्ता ई:सहित केही युवाहरूले माघ २८ गते बिहान साढे ८ बजेदेखि लुम्बिनीबाट यात्रा सुरू गरेका थिए। उनीहरूले ९ दिनको यात्रा तय गरी सोमबार काठमाडौं आइपुगेका हुन्। काठमाडौं आएर प्रदर्शन गर्न उनीहरू भद्रकाली मन्दिर पुगेका हुन्।
त्यस्तै, यो यात्रामार्फत् मिटरब्याजी पीडितहरूको मार्चपास समेतमा ऐक्यबद्धता जनाएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
तस्बिरहरू:
-ink-1708333988.jpeg)
-ink-1708333988.jpeg)
-ink-1708333987.jpeg)
-ink-1708333987.jpeg)
-ink-1708333985.jpeg)
-ink-1708333986.jpeg)
-ink-1708333986.jpeg)
-ink-1708333986.jpeg)
-ink-1708333985.jpeg)
-ink-1708333985.jpeg)
-ink-1708333984.jpeg)
-ink-1708333984.jpeg)
-ink-1708333984.jpeg)
-ink-1708333984.jpeg)
-ink-1708333983.jpeg)
-ink-1708333983.jpeg)
-ink-1708333981.jpeg)
-ink-1708333982.jpeg)
-ink-1708333982.jpeg)
-ink-1708333981.jpeg)
-ink-1708333981.jpeg)
-ink-1708333981.jpeg)
-ink-1708333980.jpeg)
-ink-1708333980.jpeg)
-ink-1708333979.jpeg)

-ink-1708333979.jpeg)
-ink-1708333979.jpeg)
-ink-1708333978.jpeg)
-ink-1708333978.jpeg)