नयाँ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।
सोमबार अपराह्न ४ बजेबाट सुरू भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत छन्।
उनीहरूबीच गठबन्धनको सरकार सञ्चालनसम्बन्धी अवधारणा, मन्त्रालय, प्रदेशहरूको भागबन्डा लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गठबन्धन अनुसार सोमबार नै सानो आकारको मन्त्रिपरिषद गठनको तयारी छ। बिहान भएको समझदारीअनुसार माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक–एक जना मन्त्री बन्ने भएका छन।
माओवादी केन्द्रबाट हितबहादुर गुरूङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल (डिपी) अर्याल मन्त्रीको शपथ ग्रहण गर्दैछन्।
उनीहरूले साँझ ५ बजे शपथग्रहण गर्नेछन्। मन्त्रालयको टुंगो नलागेकोले उनीहरूले बिनाविभागीय मन्त्रीको शपथग्रहण गर्नेछन्।