नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा प्रदर्शन गरेको छ।
बुधबार प्रदर्शनीमार्गस्थित ल क्याम्पसअगाडि नेविसंघ काठमाडौं कार्यसमितिले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनविरूद्ध प्रदर्शन गरेका हुन्।
सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेको नैतिकतामाथि प्रश्न गर्दै नेविसंघले राजीनामा माग गरेको छ।
त्यस्तै अर्थमन्त्री पुन सुन प्रकरणमा मुछिएको भन्दै छानबिनको हुनुपर्ने नेविसंघको माग छ।
करिब ४० जना विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। उनीहरूले अर्थमन्त्री पुनमाथि छानबिन गर, नैतिकहीन गृहमन्त्री राजीनामा दे, सहकारी काण्डमा निष्पक्ष छानबिन गर लगायतका नारा लगाएका थिए।
तस्बिरहरू:
-1710921233.jpg)
-1710921232.jpg)
-1710921232.jpg)
-1710921231.jpg)
-1710921230.jpg)
-1710921230.jpg)
-1710921230.jpg)
-1710921231.jpg)
-1710921229.jpg)
-1710921228.jpg)
-1710921228.jpg)
-1710921227.jpg)
-1710921227.jpg)
-1710921226.jpg)
-1710921226.jpg)
-1710921225.jpg)
-1710921225.jpg)