प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरूद्ध गरेको छ।
शुक्रबार सुरू भएको बर्खे अधिवेशनको पहिलो बैठक नै कांग्रेसले अवरोध गरेको हो।
बैठक सुरू हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू उठेर विरोध जनाएका छन्।
उनीहरूले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहे/नरहेकोबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गरेका छन्।
तर सत्तारूढ दल सहमत नभएपछि कांग्रेसले संसद अवरोध गरेको हो।
अवरोधकै बीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन खोजेका थिए। उनले पत्र पढेर सुनाउन खोजेपछि कांग्रेसका सांसदहरूले रोष्ट्रम घेराउ गरेका थिए।
प्रतिपक्षी कांग्रेसले बैठक चल्न नदिएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
-ink-1715337917.jpeg)
-ink-1715337917.jpeg)
-ink-1715337918.jpeg)
-ink-1715337918.jpeg)
-ink-1715337918.jpeg)
-ink-1715337919.jpeg)
-ink-1715337919.jpeg)
-1715337743.jpg)
-1715337743.jpg)
-1715337741.jpg)
-1715337741.jpg)
-1715337742.jpg)
-1715337742.jpg)
-1715337742.jpg)
-1715337740.jpg)
-1715337740.jpg)