नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले सहकारी ठगविरूद्ध प्रदर्शन गरेको छ।
अध्यक्ष विद्वान गुरूङसहित तरूण दल कार्यकर्ताले बुधबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
अध्यक्ष गुरूङले सहकारी पीडितका पक्षमा र सहकारी ठगका विरूद्धमा प्रदर्शन गरिएको बताए।
प्रदर्शनपछि कोण सभालाई कांग्रेस भ्रातृ संस्था नेविसंघलगायतका अध्यक्षहरूले सम्बोधन पनि गरेका थिए।
कांग्रेसले सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, हिनामिना र दुरूपयोग गर्नेमाथि कारबाही गर्न माग गरिरहेको छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसमेत गर्दै आएको छ।
कांग्रेसले संसदीय छानबिन समिति माग गर्दै सदनमा अवरोध गर्दा उसका भ्रातृ संस्थाहरू भने सडक आन्दोलनमा उत्रिएका छन्।
तस्बिरहरू: