नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।
महासंघले दोस्रो चरणको आन्दोलनअन्तर्गत मंगलबार कांग्रेस कार्यालय सानेपामा धर्ना दिएको हो।
महासंघले राजनीतिक दलका कार्यालयहरूमा धर्ना दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो।
महासंघले गत शनिबार काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए।
विगतमा सरकारसँग गरेका सहमतिलाई सम्बोधन गर्न शिक्षक महासंघले सरकार र पार्टीहरूको ध्यानाकर्षण गराउँदै आएको छ।
साथै विगतमा भएका सहमतिलाई सम्बोधन गर्ने गरी शिक्षा ऐन तत्काल जारी गर्न पनि महासंघले माग गरेको छ।