काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त भएका छन्।
*कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्लेलाई सोमबार उपकुलपतिमा नियुक्त गरेका हुन्।
यसअघि वाग्ले केयूको रजिस्ट्रार थिए। तत्कालीन कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्लेलाई २०७९ असोजमा रजिस्ट्रार नियुक्त गरेका थिए।
उनलाई यसअघि निमित्त कुलपतिसमेत बनाइएको थियो।
*यसअघि अन्यथा भएकोले सच्याइएको छ।