आयुर्वेद क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा नेविसंघका निशान अर्याल निर्वाचित भएका छन्।
क्याम्पसमा मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको पूरै प्यानल नै विजयी भएको हो।
निर्वाचनमा तीन दलीय गठबन्धनका विद्यार्थी संगठन अनेरास्ववीयु, अनेरास्ववीयू क्रान्तिकारी, अनेरास्ववीयू र नेपाल विद्यार्थी संघबीच प्रतिस्पर्धा भएको थियो।
१७८ मत खसेकोमा नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो।
नेविसंघको तर्फबाट सचिवमा सागर पंगेनी, कोषाध्यक्षमा विक्रम भुजेल तथा सदस्यमा अनु मण्डल, राम भण्डारी र याङजी गौडेल निर्वाचित भएका छन्।
समानुपतिक मतमा पनि नेपाल विद्यार्थी संघले धेरै मत पाउँदै ३ सिट लगभग सुरक्षित गरेको छ। यो जितसँगै नेविसंघले आयुर्वेद क्याम्पसमा लगातार ४ वटा स्ववियू निर्वाचनमा प्यानल नै जितेको छ।