प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरू भएको छ।
शून्य समयपछि बिहीबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सुरू भएको हो।
सांसदहरूले प्रश्न सोध्ने र त्यसमा प्रधानमन्त्रीले रोस्टमबाट जबाफ दिनेछन्।
आफूले यसअघि सोधेको प्रश्नमा जबाफ नदिएको भन्दै आजपा सांसद प्रभु साहले प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।
प्रधानमन्त्री रोस्टममा पुगेपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए।