नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले सरकार र पार्टीहरूले युवाका आवाज सम्बोधन गर्न सक्नुपर्ने बताए।
रोजगारीलगायत युवाहरूको चाहना पूरा गर्न सके मात्र निशारा कम हुँदै जाने उनले बताए।
शुक्रबार पश्चिम नवलपरासीको परासीमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा बोल्दै चौधरीले भने, ‘८० लाख युवा विदेशमा छन्। सबैको हातमा मोबाइल छ। सामाजिक सञ्जाल सबैको दैनिकी बनेको छ। यो पुस्तामा आशा र आकांक्षा छन्, त्यसको सम्बोधन गर्न जरूरी छ।’
राजनीतिक दल र सरकारले यी युवाको अपेक्षालाई सम्बोधन गर्नुपर्ने उनले बताए।
कांग्रेस प्रतिनिधि सभा सांसदसमेत रहेका उनले हुलाकी सडक र नारायणगढ-बुटवल सडकखण्डको काम छिटो सम्पन्न हुनुपर्ने बताए।
विकास निर्माणका काममा भइरहेको ढिलाइले पनि जनतामा सरकार तथा राजनीतिक दलप्रति निराशा बढेको उनले बताए।
कोरोनाकालमा बन्द भएका छोटी भन्सार खुलाउन आफूले चार वटा अर्थमन्त्रीसँग कुरा गरे पनि कार्यान्वयन हुन नसकेको उनको गुनासो थियो।