नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वमुख्य सचिव र पूर्व सचिवहरूसँग छलफल गरेका छन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएको जानकारीअनुसार शनिबार पूर्वमुख्य सचिव र पूर्व सचिवहरूसँग कोइरालाले छलफल गरेका हुन्।
छलफलमा कांग्रेस नेता चन्द्र भण्डारी पनि सहभागी थिए।
पूर्वमुख्य सचिव सोमलाल सुवेदी, पूर्वसचिवहरू भानु आचार्य, उमेश मैनाली, देवेन्द्र सिटौला र पूर्णचन्द्र भट्टराईसँग कोइरालाले कुराकानी गरेका हुन्।
नेपालको पछिल्लो राजनीतिक, आर्थिक, भू-राजनीतिक तथा साँस्कृतिक विषयमा छलफल केन्द्रित रहेको कोइरालाको सचिवालयले जनाएको छ।