नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सिंहदरबार पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि देउवा र दाहाल आइतबार अपराह्न सिंहदरबार पुगेका हुन्।
उनीहरूबीच संक्रमणकालीन न्यायबारे छलफल गर्ने तयारी छ।
सिंहदरबार जानुअघि माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।