भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटवार्ता गरेका छन्।
नेपाल भ्रमणमा रहेका भाजपा विदेश विभाग प्रमुख चौथाइवाले बुधबार अपराह्न बूढानीलकण्ठ पुगेर सभापति देउवा र परराष्ट्र मन्त्री आरजुलाई संयुक्त रूपमा भेटवार्ता गरेका हुन्।
उक्त भेटवार्तापछि परराष्ट्र मन्त्री राणाले नेपाल-भारत सम्बन्धका विभिन्न आयामहरूबारे समीक्षा र पुरानो साझेदारीलाई अझ सुदृढ पार्ने विषयमा छलफल केन्द्रित रहेको बताएकी छन्।
बुधबार नै भाजपा विदेश विभाग प्रमुख चौथाइवाले सिंहदरबारमा गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका थिए।