नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।
शनिबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बसेको हो।
आइतबारदेखि पुनः संघीय संसदको बैठकहरु सुरू हुँदैछ। आइतबार राष्ट्रिय सभा र सोमबारदेखि प्रतिनिधि सभा बैठक बस्दैछ।
संसदको यो अधिवेशनमा बजेटसँगै अन्य थुप्रै विधेयकहरू सरकारले पारित गर्ने तयारी गरेको छ।
शुक्रबार संसदमा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार ९ वटा विधेयकहरू सरकारले चालु अधिबेशनबाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
विद्यालय शिक्षा विधेयक, निजामति कर्मचारी विधेयक लगायतका महत्वपूर्ण विधेयकहरु सरकारका प्राथमिकतामा छन्।
त्यसको छलफल र बहसमा संसदमा प्रस्तुत हुने विषयमा सांसदहरूलाई एकताबद्ध गर्नका लागि संसदीय दल बैठक बसेको हो।