सत्तारूढ नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले संसदीय दलको बैठक बसेको हो।
बैठकमा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमको समीक्षा र छलफल भएको छ।
बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्री एवम् एमाले संसदीय दल नेता केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई ब्रिफिङ गराएका छन्।
हाम्रा नीतिहरू सहि छन्। ढुक्कले सही छन् भन्ने कुरामा ढुक्कले अगाडि बढ्नुपर्छ,' उनले सांसदहरूलाई भने।
शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आइतबारदेखि संघीय संसदका बैठकहरू बस्नेछन्।
आइतबार राष्ट्रिय सभा र सोमबार प्रतिनिधि सभा बैठक बस्नेछ।
बैठकअघि एमालेले बजेट लगायत अन्य विधेयहरूको छलफलमा भाग लिँदा एकरूपता ल्याउनका लागि सांसदहरूलाई प्रशिक्षित गराएको हो।