ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त भएका खमबहादुर गर्बुजाले आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ः३० बजे सिंहदरबारमा उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
गत बिहीबार उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका थिए।
यसअघि वैशाख १० गते प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि पद रिक्त थियो।