प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले महिना दिन बितिसक्दा पनि सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठक अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीतिर हेर्दै भने, ‘महिनादिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्ति गर्न सक्नु भएको छैन तपाईंहरूले।’
अध्यक्ष दाहालले दुई तिहाइको अहंकार फुटिसकेको टिप्पणी गरे।
‘दुई तिहाइको अहंकार त अब मैले हेर्दा त्यो बेलुन फुटिसकेको देख्छु,’ उनले भने, ‘हरेक नियुक्तिमा स्वार्थ समूह नै हाबी छन्।’
यो पनि: देउवाले सोधे- गभर्नर नियुक्ति कहिले?, प्रधानमन्त्रीले दिए डेडलाइन