गोरखाको शहीद लखन गाउँपालिकाभित्र वडा नम्बर ७ उत्कृष्ट वडा भएको छ।
गाउँपालिकाको मूल्याङ्कनका आधारमा वडा नम्बर ७ उत्कृष्ट भएको हो।
उत्कृष्ट वडालाई गाउँपालिकाले पुरस्कृत गर्छ।
जसअनुसार गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट थप गरिदिएको वडाध्यक्ष शरण श्रेष्ठले सेतोपाटीलाई बताए।
गाउँपालिकाले वडाभित्र भौतिक पूर्वाधार निर्माणका लागि थप पाँच लाख रुपैयाँ बजेट पुरस्कार स्वरूप दिएको पनि उनले जानकारी दिए।
गत वर्ष पनि वडा नम्बर ७ नै उत्कृष्ट भएको थियो।
वडाध्यक्ष श्रेष्ठले आफूले पाउने तलबभत्ता पनि सामाजिक काममा लगाउँदै आएका छन्। श्रेष्ठ नेपाली कांग्रेसबाट उम्मेदवार भई अध्यक्ष जितेका थिए।