कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ बाट सुरु हुने भएको छ।
कोशी प्रदेश सरकारको मङ्गलबार को मन्त्रिपरिषद बैठकले प्रदेशको सभाको बर्खे (सातौँ) अधिवेशन जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले जानकारी दिए।
बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका –२०८२ स्विकृत गर्ने निर्णय गरेको छ।