नेकपा एकीकृत समाजवादी झापाको अध्यक्षमा बिपी भट्टराई सर्वसम्मत चयन भएका छन्।
शनिबार र आइतबार सम्पन्न पार्टीको दशौं जिल्ला अधिवेशनले यसअघिका जिल्ला सचिव भट्टराईलाई जिल्ला अध्यक्ष चयन गरेको हो।
अधिवेशनले उपाध्यक्षमा नविन इजम र सरस्वती लिम्बूलाई चयन गरेको छ भने सचिवमा सानुकुमार लामा चयन भएका छन्।
होम बराल, श्री मिश्र र उदय बराइलीलाई उपसचिवमा चयन गरेको अधिवेशनले ६१ सदस्यीय जिल्ला कमिटी चयन गरेको पोलिटब्युरो सदस्य अशेष घिमिरेले जानकारी दिएका छन्।