नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितजंग बस्नेतले स्थानीय तह, प्रदेश र संघीय जनप्रतिनिधिको संख्या घटाउनुपर्ने सुझाव दिएका छन्।
राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै उनले वडामा पाँच जना सदस्यको काम नभएको बताए।
‘वडामा पाँच जना सदस्यको काम छैन, तीन जना भए पुग्छ- दलित, महिला र एक जना,’ उनले भने, ‘प्रदेशमामा पनि संरचना घटाउनुपर्यो, ५ जना मन्त्री भए पुग्छ। संघीय संसदमा पनि प्रत्यक्षजति प्रतिनिधि सभा र समानुपातिकजति राष्ट्रिय सभामा राख्ने गरौं।’
उनले तीनै तहका जनप्रतिनिधिको भत्ता खारेज गरे पनि हुने बताए।