काठमाडौंमा शुक्रबार सगरमाथा संवाद सुरू भएको छ।
‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरू भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादको उद्घाटन गरेका छन्।
समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढीको सहभागीता छ।
समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेकी छन्।
समारोहमा विशिष्ट अतिथिहरूले सम्बोधन गर्ने क्रम जारी छ।
आइतबारसम्म सञ्चालन हुने संवादमा विषयगत एवं समानान्तर सत्रहरू सञ्चालन हुनेछ। सगरमाथा संवादका लागि भारतलगायत विभिन्न देशका मन्त्रीलगायत सहभागी छन्।
तस्बिरहरू:

















तस्बिरहरू: प्रधानमन्त्रीको सचिवालय र रासस