प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बिनिता कठायतले कर्णालीलाई लिएर सरकारले मजाक गरिरहेको बताएकी छन्।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कठायतले सांसदहरूले गम्भीरताका साथ कर्णालीका मुद्दा उठाउँदा सरकार फितलो जबाफ दिएर मजाक गरेको बताएकी हुन्।
उनले राज्यले अन्यत्र गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जबाफ आफूहरूले खोजिरहेको पनि बताइन्।
'कर्णालीलाई क्षति भएकै निष्कर्ष हो भने क्षतिपूर्तिसहितको राज्यको लगानी खोजिरहेका छौं। तर सरकार मजाक गरिरहेको हुन्छ,' उनले भनिन्, '३० को दशकमा बनेको एअरपोर्ट ६० को दशकमा बनेको सुर्खेत जुम्ला कोरिडोर र बाबुराम भट्टराईको पालामा बनेको कर्णाली स्वास्थ्य प्रतिष्ठान र चन्दननाथ बाबाले रोपेको गुणगान गएर बस्छ।'
सरकारले के गर्यो र के गर्ने योजना देखाउन पनि चुनौती दिए।