राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामाबारे केन्द्रीय समितिको आइतबारको बैठकमा जानकारी गराइएको छ।
सहमहामन्त्री श्रेष्ठले दिएको राजीनामा जेठ ९ गते नै स्वीकृत भएको थियो। उनको राजीनामाको विषय आइतबारको केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूलाई जानकारी गराइएको थियो।
प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टीको जिम्मेवारीमा भन्दा अहिले विधायकी भूमिकामा समय दिने भन्दै सहमहामन्त्री पदबाट राजीनामा दिएकी थिइन्।
२०८० मंसिरमा जलेश्वरमा बसेको रास्वपाको बैठकले श्रेष्ठलाई सहमहामन्त्री बनाउने निर्णय गरेको थियो।