गोरखाको शहिद लखन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मंगलबार आयोजित समारोहबीच गाउँपालिका भवन उद्घाटन गरेका हुन्।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गोरखा १ का प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईलगायत उपस्थित थिए।
गाउँपालिकाको केन्द्र घैरूङमा ५२ कोठे भवन निर्माण गरिएको हो। उक्त भवन ७ करोड ७८ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो।