नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सुशासन, सामाजिक न्याय र सुशासन दिनुपर्ने बताएका छन्।
मंगलबार गोरखाको घैरूङमा शहिद लखन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले अहिले मुलुकमा केही पनि भएको छैन भन्ने भास्य निर्माण गर्न खोजिएकोमा असन्तुष्टि जनाए।
‘यो संविधान र प्रणालीका विरोधीहरू सफल हुने कुनै सम्भावना छैन तर हामीले जनतालाई सकारात्मक परिणाम दिँदै गयौं भने त्यो त्यतिकै बिलाएर जान्छ,’ उनले भने, ‘तैपनि हामी सतर्क हुनुपर्ने आवश्यकता छ, अहिले नकरात्मक भास्य बनाउन खोजिएको छ, यो गलत हो। नेपाल सुन्दर छ। नेपालीहरू निकै मेहनती छन्।’
उनले गणतन्त्र र संविधानको रक्षाका लागि सबै गणतन्त्रवादीहरू एक हुन आवश्यक रहेको पनि बताए।