प्रतिनिधि सभाको बिहीबारको बैठक सुरू भएको छ।
बिहीबार १:३० बजेका लागि बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको हो।
बैठक सुरू हुनेबित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन्।
सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका छन्।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरिरहेका छन् भने गृहमन्त्री लेखकले आफू उक्त प्रकरणमा संलग्न नरहेको दाबी गर्दै आएका छन्।
माओवादी प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिइने बताएका छन्।
त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका छन्।
लाइभ: