नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्ष्य गर्दै मुलुक सञ्चालन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन्।
गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र रहेको बताए।
‘गणतन्त्रको विकल्प भनेको समुन्नत गणतन्त्र नै हो। गणतन्त्रको विकल्प राजतन्त्र होइन। राजतन्त्रको बारेमा कुरा उठिरहेको छ। बाबु भएन भने छोरा, छोरा भएन भने नाती, नातीले कुन दिन पनाती जन्माउँछ, जन्मिदै गरेको पनातीलाई जिम्मा दिउँ भन्नेकुरा आउला। त्यसकारण यस्तो वंशको शासन हामीलाई चाहिएको छैन। मुलुक सञ्चालन गर्ने यदी कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ। चुनावको मैदानमा उत्रिए हुन्छ,’ उनले भने, ‘जनताको मन र विश्वास जिते हुन्छ। हामी प्रतिष्पर्धाको मैदानमा चुनौति दिन्छौं।’
(न्युज एजेन्सी नेपाल)