सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको राहदानी रोक्का गर्ने भएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट बिहीबार संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सहकारी अपचलनकर्ताहरूको राहदानी रोक्का गर्ने बताएका हुन्।
‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको राहदानी र सम्पत्ति रोक्का गरिनेछ,’ उनले भने।