नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेटमा रकम बिनाका शीर्षक राखिएको भन्दै असन्तुष्टि जनाएका छन्।
बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले बजेटमा केही पपुलिस्ट कुराहरू पनि आएको बताए।
उनले धेरै कुराहरू अव्यावहारिक रहेको गुनासो गरे।
प्राथमिकता दिन खोजेका कुराहरू राम्रोसँग प्राथमिकता नदिएको उनले बताए।
रोजागारी सिर्जना गर्ने कुरामा ध्यान नदिइएको उनले आरोप लगाए।
उनले भने, ‘बजेटमा केही पपुलिस्ट कुराहरू आएका छन्। धेरै अव्यावहारिक छन्। केहीमा व्यवस्था गरेको छु भनेको रकम छैन। शीर्षक राखेको छ। रकम छैन। प्राथमिकता दिन खोजेका कुराहरू राम्रोसँग प्राथमिकता दिन खोजेको देखिएन। रोजगारी सिर्जना गर्ने कुरामा ध्यान दिइएको छैन।’
वरिष्ठ उपाध्यक्ष पाण्डेले बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। —न्युज एजेन्सी नेपाल