नेकपा (माओवादी केन्द्र) ले मध्यपहाडी राजमार्गकेन्द्रित अभियान स्थगित गरेको छ।
माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनका अनुसार मनसुन सुरू भएको र यसबीचका राजनीतिक घटनाक्रमले अभियान स्थगित गरिएको हो।
‘बैतडीबाट सुरू भएको अभियान पोखरासम्म आइपुगेको थियो,’ उनले भने, ‘पोखरापछि यो वर्षको मनसुन सुरू भइहाल्यो, मनसुन सुरू हुनेबित्तिकै कोशी प्रदेश लगायतका ठाउँमा सडक अवरूद्ध हुने घटनाहरू भए, त्यसैले अहिलेका लागि अभियान स्थगित गरिएको हो।’
उनका अनुसार पार्टी पदाधिकारीको अर्को बैठकले अभियानबारे थप निर्णय लिनेछ।