नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले ०६२—०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको बताए।
उनले धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा, सुन्दा अत्यन्तै पीडाबोध हुने गरेको बताए।
नेपाललाई विभेदरहित राज्य बनाई समतामूलक समाज स्थापना गर्न पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको बताए।
सभापति देउवाले भने, ‘०६२—०६३ को परिवर्तनसँगै समतामूलक समाज निर्माण गर्ने उद्देश्यले पुनःस्थापित संसदमा नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्ने संकल्प प्रस्ताव पनि पारित गरिएको हो। यतिका धेरै प्रयास गर्दागर्दै पनि दलित समुदायका मानिसले ज्यानै गुमाउनुपरेको जस्ता विभेदका घटनाहरू देख्दा, सुन्दा अत्यन्तै पीडाबोध हुन्छ। यस्तो अमानवीय र दण्डनीय व्यवहार राज्यमा विद्यमान रहेसम्म मुलुकको विकास हुँदैन भन्ने कुरा विगतका अनुभवहरूले सावित गरिसकेको छ। नेपाललाई विभेदरहित राज्य बनाई समतामूलक समाज स्थापना गर्न हाम्रो पार्टीको स्थापना कालदेखि नै उद्देश्य राखेर आएको छ।’
सभापति देउवाले मुलुकका सबै समस्याहरूको पहिचानसँगै समाधान गर्न नेपाली कांग्रेस मात्रै सक्षम रहेको बताए।
जातीय भेदभाव गर्ने व्यक्ति कांग्रेसको सदस्य रहन नसक्ने विधानमै व्यवस्था रहेको बताए।—न्युज एजेन्सी नेपाल