बिहीबार साढे १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
बैठक ३:३० बजे बस्ने गरी सरेको हो।
प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेको सचिवालयले जनाएको छ।
‘आज मिति २०८२ साल जेठ २२ गते बिहीबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको ३:३० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दल लगायत प्रतिपक्षी दलहरूले छानबिनको माग गर्दै संसद अवरोध गर्दै आएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा आयोग नै बनाएर छानबिन गर्नुपर्ने माग राखेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीको राजीनामा नै माग गरेको छ।
प्रतिपक्षी दलहरूले बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछिका छलफलहरुमा अवरोध गर्दै आएका छन्।
